काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक २६ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय २२ दशमलव २८ को बिन्दुमा कायम भएको हो।
आज तीन सय २८ कम्पनीको एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर ७४ हजार ७५२ पटक खरिदबिक्री हुँदा रु सात अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ बराबरको कारोबार भएको छ। आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।
सबैभन्दा बढी बैंकिङ दुई प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक एक दशमलव ६१, वित्त शून्य दशमलव ६४, होटल तथा पर्यटन शून्य दशमलव शून्य नौ, जलविद्युत् शून्य दशमलव ५४, लगानी शून्य दशमलव ३२ र जीवन बिमा समूह शून्य दशमलव ८२ प्रतिशतले बढेको छ। लघुवित्त समूह एक दशमलव ५८, म्युचुअल फण्ड शून्य दशमलव ३७, निर्जीवन बिमा शून्य दशमलव ४२, व्यापार शून्य दशमलव २७ र अन्य समूह एक दशमलव ३५ प्रतिशतले बढेको छ।
आज सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी पाँच दशमलव ५७ प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी साहस ऊर्जा लिमिटेडको रु ५७ करोड ८६ लाख ८८ हजार २०२ बराबरको नौ लाख ७५ हजार ५९८ कित्ता शेयर किनबेच भएको छ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend