Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय निजामती विधेयक प्रतिनिधिबाट पारित


    आइतबार, असार १५ २०८२
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधि सभाले संघीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित गरेको छ। आज (आइतबार) बसेको सभाको बैठकले पारित गरेको हो ।

    आइतबारको संसद् बैठकमा व्यापक छलफलपछि सभामुख देवराज घिमिरेले विधेयक पारित भएको घोषणा गरे।

    विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको बताए ।

    यो विधेयक ऐनमा रुपान्तरित भएसँगै प्रशासनिक संघीयता कार्यान्वयन गर्न सहज हुने मन्त्री गुप्ताको विश्वास रहेको छ ।

    प्रतिनिधि सभाबाट पारित यो विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनस् प्रतिनिधि सभामा आउँछ । त्यसपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । त्यसपछि ऐनमा रुपान्तरित भएर कार्यान्वयनमा आउँछ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार