Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच भेटवार्ता


    शुक्रबार, असार १३ २०८२
    895
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सांघाई सहयोग संगठन (एससीओ) ऊर्जा मन्त्रीस्तरीय बैठकको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज चीनको निङ्बो सहरमा चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक महामहिम वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

    भेटवार्तामा नेपाल–चीनबीचको ऐतिहासिक र दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र ऊर्जा क्षेत्रमा सम्भावित सहकार्यका विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ।

    भेटका क्रममा चीनका ऊर्जा प्रशासक वाङ होङजीले नेपालको ऊर्जा पूर्वाधार विकासका लागि आवश्यक प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्न चीन सरकार पूर्ण रूपमा तयार रहेको स्पष्ट रूपमा उल्लेख गरे। उनले दुई देशबीच ऊर्जा सुरक्षाको अभिप्रायले दीर्घकालीन सहकार्यका ढोका अझ फराकिलो बनाउनुपर्नेमा जोड दिए।

    नेपालले जलविद्युत्, प्रसारण प्रणाली विस्तार, वैकल्पिक ऊर्जा प्रवर्द्धन र क्षमता विकासको क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्न इच्छुक रहेको उल्लेख गर्दै मन्त्री खड्काले नेपालका ऊर्जा परियोजनामा लगानी र प्रविधि हस्तान्तरणको अपेक्षा पनि व्यक्त गरेका हुन्।

    दुवै पक्षले आगामी दिनमा प्राविधिक टोलीहरू आदानप्रदान गर्दै सहकार्यको व्यवहारिक पक्षलाई थप संस्थागत बनाउने सहमति गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार