Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल पक्राउ


    शुक्रबार, असार १३ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यू टावर’ निर्माणको काम गरिरहेका भेटवाललाई प्रहरीले आज (शुक्रबार) अनामनगर क्षेत्रबाट पक्राउ गरेको हो ।

    बैङ्किङ कसुरको जाहेरी दर्ता भएपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार भेटवालविरुद्ध १० करोडको बैंकिङ कसुरको मुद्दा दर्ता भएको छ ।

    उनी यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पटक(पटक पक्राउ परेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार