काठमाडौं । पाल्पाको रानीमहललाई पुरानै स्वरूपमा पुनर्स्थापना गरी संरक्षण गर्ने निर्णय भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पाका जनप्रतिनिधि, पुरातत्त्व विभागका महानिर्देशक, प्रमुख जिल्ला अधिकारी, इन्जिनियरलगायतको बैठकले रानीमहलको ऐतिहासिक स्वरूप कायम राख्दै संरक्षणका लागि गुरुयोजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रानीमहललाई दुर्लभ र महत्त्वपूर्ण सम्पदाको रूपमा उल्लेख गर्दै यसको पुरानो शैली र संरचनासँग सम्बन्धित सामग्री सङ्कलन गरी अध्ययन गर्न, गुरुयोजना तयार गर्न र कार्यान्वयन विधि बनाउन पुरातत्त्व विभागलाई निर्देशन समेत दिएका छन् । उनले ऐतिहासिक एवम् पुरातात्विक महत्त्वलाई प्राथमिकता दिँदै कालीगण्डकी नदीको कटान र पहिरो व्यवस्थापनलगायत निर्माण कार्य अघि बढाउन जोड दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले रानीमहल र आसपासका क्षेत्रलाई दीर्घकालीन योजनासहित व्यवस्थित रूपमा संरक्षण गर्नुपर्ने बताए । प्रतिनिधिसभा सांसद ठाकुर गैरेले कालीगण्डकी नदीको कटानबाट रानीमहलको जग जोगाउन विशेष ध्यान दिनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले रानीमहल संरक्षणका लागि सबै पक्षसँग समन्वय गरी काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले रानीमहलको ऐतिहासिक र पुरातात्विक महत्त्व जोगाउँदै पुनर्निर्माण गर्न सकिने बताए ।
कालीगण्डकी करिडोरकी परियोजना प्रबन्धक कल्पना अधिकारीले प्रारम्भिक अध्ययनले रानीमहलको रेट्रोफिटिङ, नदी कटान नियन्त्रण, पहिरो व्यवस्थापन, पुल निर्माण र पार्किङ क्षेत्र व्यवस्थित गर्नुपर्ने देखाएको जानकारी दिइन् । राणाकालमा खड्ग शम्शेरले रानी तेजकुमारी देवीको सम्झनामा रानीमहल निर्माण गरेका थिए ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend