Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • अदालतको अवहेलनामा ‘दृष्टि न्युज’का अध्यक्ष श्रेष्ठको बयान जारी


    बिहिबार, असार १२ २०८२
    640
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अदालतको अवहेलना मुद्दामा ‘दृष्टि न्युज’ अनलाइनका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासहितको बयान भैरहेको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको बृहत् इजलासमा सुनुवाइ जारी छ ।

    दृष्टि न्युजमा गत असार ८ गते ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ शीर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारले अदालतको अवहेलना गरेको भन्दै नवराज सापकोटासहित ५ जनाले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

    असार ९ गते विशेषको बृहत् इजलासले सम्पादकसहित ३ जनालाई समाचार नहटाइ ३ दिनभित्र बयानमा आउन आदेश दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार