काठमाडौँ । कपिलवस्तुमा भूमिहीन सुकुम्वासीले दशकौँदेखि उपयोग गर्दै आएको जग्गा नाप जाँच कार्य सुरु गरिएको छ ।
भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका पाँच स्थानीय तहमा सात वटा छुट्टाछुट्टै टोली खटाएर नापीको प्रक्रिया अघि बढाएको हो ।
अहिलेसम्म कपिलवस्तु नगरपालिका-६ मा नापी कार्य अन्तिम चरणमा पुगेको छ भने बाणगंगा नगरपालिका–१० र ११, बुद्ध भूमि नगरपालिका-६ र ७, शिवराज नगरपालिका-११ र विजयनगर गाउँपालिका-१ मा नापी टोली परिचालित रहेको आयोगका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले जानकारी दिए ।
आयोगले गत साता विजयनगर गाउँपालिका-१ को थरौलीमा नापीको काम सञ्चालन गरेको थियो । नापी टोली पुगेपछि स्थानीयले लालपुर्जा पाउने आशा पुनस् जागेको बताएका थिए । गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाका अनुसार थरौलिमा पाँच दशकभन्दा बढी समयदेखि सुकुम्वासी बसोबास गर्दै आएका छन् ।
आयोगका विज्ञ सदस्य मोहन केसी, जिल्ला सदस्य मञ्जु थारु र टोपबहादुर विकले समयमै नाप जाँच कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend