Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • भ्रममा नपर्नुस् पार्टी फुट्दैन : केपी ओली


    सोमबार, माघ १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षलाई निर्वाचन आयोगले उचित जवाफ दिएको बताए ।

    उनले भने, ‘दुईचार जना मानिस पार्टीको बैठकमा नआएर बाहिर गएर, चौतारीमा बसेर म अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँडेका छन्’, ओलीले भने, ‘त्यो पनि हिजो निर्वाचन आयोगले खत्तम पार्दियो । अध्यक्षसध्यक्ष कोही भएका छैनौ भनेर ।’

    ‘तपाईंहरु अचम्म मान्नुहुन्छ होला–दुईचार जना मानिस बैठकमा नआएर विभिन्न बैंक्वेट र रेष्टुराँहरुमा बसेर केपी ओलीलाई पार्टीबाट निकाले रे, साधारण सदस्यबाटै निकाले रे ! हाँस्न मन लागेन तपाईंहरुलाई ? उनीहरु मलाई भरसक यो पृथ्वीमै नरहे हुन्थ्यो भन्छन् । तर हुँदैन,’ सम्बोधनका क्रममा ओलीले आफूले नभइ पार्टी फुटाउन उनीहरुनै लागेको आरोप पनि लगाए ।

    ‘पार्टी फुटाउन चाहेका छन् । तर भ्रममा नपर्नुस् पार्टी फुट्दैन । दुईचार जना मानिस देश, जनताको भलो नगर्ने आत्मकेन्द्रीत कुलंगार र भस्मासुरहरुले पार्टी छोडे भन्दैमा आन्दोलन कमजोर हुनेवाला छैन’, ओलीको भनाइ छ । उनले निर्वाचन नगर भनेर आयोगमा भन्न जाने त्यस्ता पनि लोकतन्त्रवादी हुन्छन् ? भन्दै प्रश्न समेत गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार