Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको पार्टी ‘धुलो छाप’ पार्टी हो : माधव नेपाल


    सोमबार, माघ १२ २०७७
    4.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष पाेखेका छन्। नेता नेपालले प्रधानमन्त्री ओलीको पार्टीलाई धुलो छाप पार्टीको संज्ञा दिँदै कटाक्ष पाेखेका हुन्। सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले ओलीको पार्टीको कुनै काम नभएको बताए ।

    ‘केपी ओलीको पार्टी धुलो छाप पार्टी हो । कोही नजानुहोला । अस्ति म बर्दिया गएको थिएँ । त्यहाँ त्यो पार्टीका केन्द्रीय सदस्य गमक्क परेर शपथ गरेर फर्केछन् । फर्किंदा–फर्किँदै उनीहरुले भने– त्यता गएर तमासा गरिए छ । केपी ओली गुट मूर्दावाद भनेर घोषणा गर्नुभएछ,’ नेपालले भने, ‘दर्जनौं मानिस पार्टीको केन्द्रीय कार्यालयमा आएर केन्द्रीय सदस्य चाहिँदैन भनेर सबैको बीचमा घोषणा गर्नुभएको छ । त्यो कुनै पार्टी हो रु त्यो पौवा पनि होइन, धर्मशाला पनि होइन । त्यसको कुनै काम छैन ।’

    ओली समूहले जिल्लाजिल्लामा गएर केन्द्रीय सदस्यका लागि डमरु बजाएको भन्दै त्यसको भुलभुलैयामा नपर्न पनि नेपालले कार्यकर्तालाई आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार