काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सांसदहरुले बजेट पुस्तीका राम्रोसँग पढेर मात्र संसदमा कुरा उठाउन अनुरोध गरेका छन् ।
मंगलबार सहरी विकास मन्त्रालय अन्तर्गत विनियोजन गरिएको बजेटबारे सांसदहरुले उठाएको प्रश्नहरूको जबाफ दिँदै उनले उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘रामेछाप जिल्लामा ० दशमलव ८ प्रतिशत जनसङ्ख्या भएकोमा सहरी विकास मन्त्रालयमार्फत ० दशमलव ७ प्रतिशत बजेट विनियोजन गरिएको छ, सरकारले आवश्यकताको आधारमा बजेट विनियोजन गरेको हो, त्यसैले बजेट पुस्तीका पढेर संसदमा कुरा उठाउन अनुरोध गर्दछु ।’
सोमबार संसदमा रामेछापबाट निर्वाचित नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले सहरी विकास मन्त्री सिंहले रामेछापमा बजेट योजनाको वितरणमा आवश्यकताको आधार नअपनाएको आरोप लगाएका थिए ।
उनले भनेका थिए, “काठमाडौँ बसेर काठमाडौँकै योजना मात्रै ल्याउने प्रकाशमान सिंह देशभरिको नेता बन्न सक्नुहुन्न, उहाँले रामेछापमा बजेट वितरण गर्दा आवश्यकता भन्दा कम वितरण गर्नुभयो ।” तामाङले बजेट वितरणको असमानताको विरोध गर्दै पार्टीभित्र यसको हिसाब–किताब १५औँ महाधिवेशनमा हुने चेतावनी समेत दिएका थिए ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend