Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गणेश लामाले पाए सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ


    सोमबार, असार ९ २०८२
    920
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गुन्डा नाइके भनेर चिनिएका काभ्रेका कांग्रेस नेता गणेश लामाले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन्।

    लामालाई दोषी ठहर गर्ने विशेष अदालतको फैसला उल्टाउँदै सर्वोच्च अदालतले सफाइ दिएको हो।

    २०७५ साउन २४ गते लामा विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका थिए। त्यतिखेर उनलाई १ वर्ष कैद, बिगोबराबरको सम्पत्ति जफत गरी त्यति नै जरिवाना हुने फैसला भएको थियो।

    विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको सम्पत्तिमध्ये १ करोड ४० लाख ५० हजार रुपैयाँ अवैध रहेको ठहर गरेको थियो।

    उक्त फैसला उल्टाउँदै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले लामासँग भएको सम्पत्तिलाई वैध ठहराइदिएको छ।

    लामामाथि रकम विभिन्न आपराधिक क्रियाकलापबाट कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा २०७० जेठ ५ मा मुद्दा दायर गरेको थियो। विभागले २७ करोड रूपैयाँबराबरको अवैध सम्पत्ति रहेकोले उक्त सम्पत्ति जफत गरी त्यति नै रकम जरिवाना गर्नुपर्ने मागदाबी सुरू अभियोगपत्रमा लिएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार