काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई थुनामा राख्ने कि थुनाबाहिरै राखेर पुर्पक्ष गर्ने भन्ने सोमबार मात्रै टुंगो लाग्ने भएको छ।
रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टोखाबाट पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएएको थियो।
आइतबार अदालतमा उपस्थित गराएर उनको बकपत्र गराइएको छ। तर बहस नसकिएपछि न्यायाधीश बलराम लम्सालको इजलासमा हेर्दाहेर्दैमा राखिएको छ।
२०८० भदौमा पहिलो चरणमा अमलासहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। २६ जना पक्राउ परेका थिए। तीन जना फरार थिए।
ब्रेक–सुमा लुकाएर ल्याएको अवस्थामा राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले सुरुमा बरामद गरेको थियो। १९ दिन विभागले नै अनुसन्धान गरेपयछि ठूलो गिरोह रहेको पाइएपछि थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिइएको थियो।
यो तस्करीका नाइके अमलाका श्रीमान तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङ रहेको प्रहरीको दाबी छ। अमलासँगै भोला साह, जीवन चलाउने पनि फरार छन्।
त्यतिबेला अदालतमा पेश गरिएका मध्ये एक जनाबाहेक सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
दोस्रो चरणमा यही मुद्दामा २०८१ असारमा सीआईबीले मुद्दा पेश गरेको थियो। त्यतिबेला १९ जना प्रतिवादी बनाइएकोमा १६ जना पुर्पक्षका लागि थुनामा र ३ जनासँग धरौटी माग गरिएको थियो।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend