Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर महानगरको बजेट ५ अर्ब १९ करोड, के-के छन् योजना ?(पूर्णपाठ)


    आइतबार, असार ८ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि चालू आर्थिक वर्षभन्दा कम बजेट विनियोजन गरेको छ।

    चालू आवका लागि ६ अर्ब ४६ करोडको बजेट ल्याएको महानगरले आगामी वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट ल्याएको हो।

    यसको लागि आयतर्फ आन्तरिक आय १ अर्ब ८० करोड (घरजग्गा रजिस्ट्रेसन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँटबाट प्राप्त समेत), अन्तर्सरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार गरी जम्मा ४५ करोड ९५ लाख ४१ हजार, जनसहभागिता/श्रमदानबाट ५ करोड बैंक मौज्दात ७० करोड, सडक बोर्ड नेपालबाट ३ करोड रहने महानगरको प्रक्षेपण छ।

    त्यस्तै सामाजिक सुरक्षालगायत अन्तर्सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब ३५ करोड रहने प्रक्षेपण छ। यसलाई अन्तर्सरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखांकन साथै प्रतिवेदनमा प्रबन्ध गरिने महानगरले जनाएको छ।

    महानगरपालिकाले आर्थिक वर्ष २०८१.८२ का लागि ६ अर्व ५५ करोड ८५ लाख ९८ हजारको ल्याएको थियो । महानगरपालिकाले आर्थिक वर्ष २०८०र८१ मा ६ अर्ब ४८ करोड ७९ लाख ९० हजारको बजेट पेस गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार