Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा ढुंगाले हानी लिम्बुको हत्या गर्ने लावती पक्राउ


    शुक्रबार, असार ६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ ।

    कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्यबिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको हो ।

    सो अभियोगमा सोही ठाउँ बस्ने ३७ वर्षीय देबेन्द्र लावतीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    देबेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य बिक्रमको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।

    यस सबन्धमा प्रहरीले थप अनुसन्धान गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार