Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको ११ सय केन्द्रीय कमिटी सदस्यको बिचल्ली, आयोगको निर्णयपछि रुवाबासी


    आइतबार, माघ ११ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । निर्वाचन आयोगले आइतबार साझ नेकपाको बिभाजनलाई मान्यता नदिने निर्णय सगै प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले गरेको ११ सय संख्याको केन्द्रीय कमिटी अबैध भएको छ । भेडीगोठजस्तो केन्द्रीय कमिटीमा परेकाहरु आयोगको निर्णय सगै अबैध भएका छन् ।

    यो निर्णयसँगै ७ पुष २०७७ को केन्द्रीय कमिटिबाट प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फी रुपमा थपेका केन्द्रीय सदस्यहरुले मान्यता नपाउने भएको छ ।

    निर्वाचन आयोगको आइतबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साविककै विवरण कायम रहेको जानकारी दिने निर्णय गरेको हो। साविक केन्द्रीय कमिटिमा ४४१ जना कमिटीका सदस्य छन् ।

    यी मध्ये ३ सय १५ जनाले ७ पुष २०७७ मा बबरमहल स्थित कार्की पार्टी प्यालेसमा बसेकाे केन्द्रीय कमिटि बैठकमा प्रचण्ड– नेपाल पक्षमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री ओलीलाई भने बाँकी १ सय ३६ जनाको मात्रै साथ दिएको छ ।

    पार्टी कमिटीमा अल्पमतमा रहेका ओलीले ७ पुष २०७७को बैठकमा नै आफ्नो समूहको केन्द्रीय कमिटीको बैठक बोलाएर ५ सय ५६ केन्द्रीय सदस्य थपेर आफ्नो पक्षमा बहुमत बनाउने प्रयास गरेका थिए ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ मा हठात् प्रतिनिधिसभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा ओली समूह र प्रण्चण्ड–माधव समूहमा विभाजित भएको थियो । त्यसपछि दुवै समूहले निर्वाचन आयोगमा आफूहरू मूल पार्टी रहेको दाबी सहित आयोग पुगेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार