सञ्जय मिश्रा
बीरगंज । हिन्दू बनेर काठमाडौंकी एक नाबालिका लाई ललाई फकाई भारतको राजधानी दिल्ली लिएर जाँदैगरेका एकजना मुस्लिम युवक लाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ।
केही दिनअघि काठमाडौंबाट बेपत्ता भएकी एकजना १३ वर्षीय बालिकालाई शेख रिजवान आलम भन्ने युवकले दिल्ली लैजाँदै गरेको अवस्थामा रक्सौल भन्सार नजिकैबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो।
शेख आलम हिन्दू बनेर स्टार मेकर एपमा साथी बनाएर उक्त नावालिकसंग बिहे गर्ने राम्रो जागिर लगाइदिने प्रलोभन देखाई दिल्ली लगिरहेको क्रममा पक्राउ गरिएको बताइएको छ।
नेपालको प्रमुख आर्थिक नगरी वीरगञ्जसँग जोडिएको भारतीय सहर रक्सौल सीमानामा भारतिय सीमा सुरक्षा बल ९एसएसबी०जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा उक्त १३ वर्षीया नेपाली किशोरी सहित मानव तस्कर आलमलाई पक्राउ गरेको छ।
दिल्लीमा जागिर र बिहेको झुटो प्रलोभन देखाउने युवक भारत बिहार राज्यको पूर्वी चम्पारणका शेख रिजवान आलमले तस्करी गर्न लागेको एसएसविले बताएको छ। रक्सौल कस्टम नजिकै पहाडे मूलकी केटी र मधेशी मूलको केटा देखेपछि शङ्का लागेर संयुक टोलीले खोजतलास गर्दा मानव तस्करीको घटना सार्वजनिक भएको हो।
स्टार मेकर एपमार्फत आलमसँग मित्रता भएपछि प्रेम सम्बन्धमा परिणत भएको नाबालिकाले खुलासा गरिन् । रिजवानले उनलाई दुई पटक काठमाडौँमा भेटेका थिए । भारतीय मानव तस्करी रोधी इकाईले किशोरीलाई सुरक्षित राखी आलमलाई आवशयक कार्वाहीको लागी रक्सौल स्थित हरैया थानामा बुझाएको छ ।
हरैया थानामा रिजवान माथी एफ आई आर दर्ता भई अनुसन्धान जारीरहेको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले न्युज कारखाना लाई बताएका छन्। उनले यस्ता घटना रोक्न सीमाक्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मी र बिभिन्न गैरसरकारी संस्थाका पदाधिकारी बिशेष रुपमा चनाखो हुन सुझाव दिएका छन्।
पछिल्लो समय नेपाली बालिकालाई बिभिन्न प्रलोभन देखाएर भारतको बिभिन्न प्रान्तमा लैजाने घटना बढेको छ। केहीदिन अघि मात्र बारा सिम्रौनगढकी एक बालिकालाई ललाई फकाई भारत तर्फ लैजाने क्रममा सीमावर्ती जमुनिया क्याम्पका एसएसबिको गस्ती टोलीले दुवैजना लाई पक्राउ गरी रौतहट स्थित प्रहरी चौकी बंकुलको जिम्मा लगाएको थियो।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend