रौतहट। रौतहटको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिका ११ राङ्गी गाउँस्थित संचालित खानेपानी आयोजनाको विद्युत ट्रान्सफर्मर चोरी भएको छ। सो ट्रान्सफर्मर चोरी भएसँगै गाउँका सैयौं परिवार खानेपानीबाट बञ्चित भएका छन्।
मंगलबार राती अज्ञात चोर समूहले विद्युतको लाईन काटेर खानेपानीको ५० केवी क्षमताको ट्रान्सफर्मर चोरी गरेका हुन्। चोर समूहले ट्रान्सफर्मर तल झारेर सो भित्र रहेको महँगा तामाका केबुल चोरेर लागेको स्थानीयले बताएका छन्।
गाउँ बाहिर रहेको खानेपानी आयोजनाको विद्युत ट्रान्सफर्मर चोरी बारे बुधवार बिहान थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। ट्रान्सफर्मर चोरी भए पछि अहिले राङ्गी गाउँको खानेपानीको आपूर्ति ठप्प भएको छ।
यस्तो गर्मीको मौसममा खानेपानीको आपूर्ति बन्द हुँदा १०० भन्दा बढी परिवारलाई ठुलो सास्ती भएको समाजसेवी हरी कोईरालाले बताए।
ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमूख इन्स्पेक्टर सुरेन्द्र यादवले चोरीको घटना बारे आफूहरुले बुधबार बिहान ११ बजे थाहा पाउने बितिकै स्थलगत निरीक्षण गरेको न्युजकारखानालाई बताए ।
ट्रान्सफर्मर चोरी मंगलवार राती ११–१२ बजेको बीचमा भएको हुनुपर्छ। फतुवा बिजयपुर एरियामा मंगलवार राति १२ भएपछि पानी परेको थियो र चोरी भएको स्थानमा राखिएको प्लास्टिक माथि पानीको थोपा देखिएको छ। ट्रान्सफर्मर चोरी गर्ने कुनै नयाँ गिरोह सक्रिय भएको अनुमान गर्दै घटनाको अनुसन्धान भईरहेको इन्स्पेक्टर यादवले जानकारी दिएका छन्।
केही वर्ष अघि पनि राङ्गी गाउँको सोही खानेपानी आयोजनाको विद्युत ट्रान्सफर्मर चोरी भएको थियो। ईलाका प्रहरी कार्यालय बिजयपुरका तत्कालीन प्रमुख इन्स्पेक्टर चन्द्रकान्त साह घटनाको गहन अनुसन्धान गरी चोरीमा संलग्न ५ जना लाई पक्राउ गरेको थियो।
पक्राउ परेका सबैजना आरोपहरु पुर्पक्षका लागि जेल चलान भएर अहिलेसम्म छुटेका छैनन्। त्यस पछि ट्रान्सफर्मर चोरीको घटना प्रायः बन्द भएको थियो।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend