Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • विश्व बैंकबाट २० अर्ब ७९ करोड सहुलियतपूर्ण ऋण लिने सरकारको निर्णय


    बुधबार, असार ४ २०८२
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब २‍० अर्ब ७९ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

    पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि सो रकम लिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    यसैगरी दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रुपियाँ अनुदान सहायता स्वीकार गर्ने समेत सरकारको निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार