Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • २ हजार १ सय किलोग्राम गाँजासहित दुई जना पक्राउ


    मंगलबार, असार ३ २०८२
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुनसरी । इटहरी उपमहानगरपालिका–२० स्थित तरहरा जंगल नजिकैबाट अवैध लागूऔषध गाँजा करिब २ हजार १ सय किलोग्रामसहित २ जना पक्राउ परेका छन् ।

    धनकुटा सहिदभुमि गाउँपालिका–६ बस्ने ३२ वर्षीय राजेन्द्र राई र ३३ वर्षीय सुनिल राईलाई उक्त परिणामको गाँजासहित गए राति प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना ५ ख ६११६ नम्बरको नम्बर प्लेट राखिएको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ७० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजेन्द्र र ट्रकमा सवार सुनिललाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार