Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २ थान पेस्ताल र २५ राउण्ड गोलीसहित एक युवा पक्राउ


    सोमबार, असार २ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एकजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको राक्सिङ गाउँपालिका–१ घर भएका राजु स्याङतान छन् ।

    उनलाई बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ३१ जेठमा साँझ ७ बजेतिर पक्राउ गरेको हो ।

    उनी सुत्ने ओच्छ्यानको सिरानीमुनि कपडाले बेरेर राखेको अवस्थामा ७।६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको पेस्ताल प्रहरीले बरामद गरेको छ ।

    यो पेस्तोलको म्यागजिन एक थान र १३ राउण्ड गोली पनि बरामद गरिएको प्रहरीले बताएको छ ।

    त्यसैगरी स्याङतानकै गोठमा मैकैको खोस्टाभित्र लुकाएर राखेको कटुवा पेस्ताल पनि प्रहरीले बरामद गरेको छ । उक्त पेस्तोल र १२ राउण्ड गोली बरामद भएको प्रहरीले बताएको छ ।

    उनको घरबाट अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र गाँजा २२ किलो ८ सय ग्राम बरामद गरिएको प्रहरीले बताएको छ ।

    पक्राउ परेका उनीविरुद्ध लागुऔषध र हातहतियार खरखजनाको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार