काठमाडौं । टिकटकबाट प्रतिष्ठित व्यक्ति तथा संस्थाको चरित्रहत्या गरेको आरोपमा खोटाङकी रमा बस्नेत पक्राउ परेकी छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भई हाल भक्तपुर बस्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई आज नियन्त्रणमा लिएको हो । उनले टिकटक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी नियोजितरुपमा जातीय एवम् साम्प्रदायिक भावनामा खलल पुर्याएको उनीमाथि आरोप छ । उनले सामाजिक संजालबाट साम्प्रदायिक बिद्वेष फैलाउने किसिमका अभिब्यक्ति दिएको आरोपमा आइतबार पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।
३१ वर्षीया बस्नेतलाई आज पक्राउ गरेर अदालतबाट ३ दिनको म्याद लिई अनुसन्धान थालिएको साइबर ब्यूरोले जनाएको छ ।
बस्नेतले प्रतिष्ठित व्यक्ति र संस्थाविरुद्ध तथ्य र आधारहीन विषय उठान गरी टिकटकमा लगातार भिडियो हालेको गुनासोपछि अनुसन्धानका लागि नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भैरहेको जनाइएको छ ।
राजनीतिक दल र तिनका नेता–कार्यकर्तालाई तथानाम गाली गर्दै सामाजिक सञ्जालमा उनले बिषबमन गर्नेगरेकी थिइन् । बालेन, रविहरुको समर्थन गर्ने बस्नेतले अरु दलका नेताहरुको उछित्तो काढ्ने गरेकी थिइन् ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend