Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • प्रधानमन्त्री ओलीसँग छलफलमात्र गरेका हौं, नेकपा प्रवेश गरेका छैनौं : लेनिन बिष्ट


    आइतबार, माघ ११ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लाे समय पूर्वमाओवादी नेताहरुका बारेमा चासो देखाउन थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन माओवादीका लडाकूहरुको ‘पूर्वजनमुक्ति सेना तथा बहिर्गमित बाल सेनाको संगठन’ सँग छलफल गरेका छन् ।

    १० वर्षसम्म ‘जनयुद्ध’ मा सहभागी भएका र शान्तिवार्तामा आएपछि बर्हिगमनमा परेका उनीहरुले आफूहरुलाई राज्यले बेवास्ता गरेकाे भन्दै आइरहेका बेला प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमै बाेलाएर उनीहरूसंग छलफल गरेका हुन् ।

    शनिबार प्रचण्ड–नेपाल पक्षधर नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापा, पूर्वलडाकू कमाण्डरहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ र विष्णु रिमालसहितको सामूहिक छलफलमा भाग लिएका थिए। पूर्वलडाकू संगठनका अध्यक्ष टुकबहादुर थापा (अर्जुन) र बहिर्गमित बाल सैनिक संगठनका लेनिन विष्टसहितले छलफलमा भाग लिएका थिए। छलफलमा सहभागी विष्टले आफूहरुले प्रधानमन्त्रीसँग छलफल गरेको तर अहिले नै प्रवेश भने नगरेको बताए।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अहिले वाकयुद्ध चलिरहेकाे छ । सार्वजनिक रुपमा आरोप–प्रत्यारोप भइरहँदा ओलीले माओवादीका तत्कालीन लडाकूहरुसँग छलफल गरेर प्रचण्ड पक्षलाई दबाब दिन खोजेको स्राेत बताउछ ।

    पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णयपछि नेकपाभित्र तानातान चलिरहँदा ओलीले केही पूर्वमाओवादी नेताहरुलाई मन्त्रीसमेत बनाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार