Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु


    आइतबार, असार १ २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ ।

    मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार दुर्घटनास्थलमा खोज तथा उद्धार टोली परिचालित भइसकेका छन् ।

    केदारनाथ मन्दिर दर्शन पछि गौरीकुण्डतर्फ जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको भारतीय मिडियाहरुले जनाएको छ । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार