मोरङ । मोरङ कानेपाेखरीमा सवारी दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।
शनिबार राति ८ बजे मोरङको कानेपोखरी गाउँपालिका – ७ डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हो ।
प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा छोरा र श्रीमतीसहित चौधरी पथरीबाट कानेपोखरीतर्फ आउँदै गर्दा डाइभर्सनमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते चौधरीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनबिक्रम दाहालले जानकारी दिए ।
बेलबारी नगरपालिका– ४ घर भएका चौधरी प्रहरी चौकी जमुना इलाममा कार्यरत थिए ।
दुर्घटनामा उनकी श्रीमती प्रहरी चौकी जमुना इलाममै कार्यरत २६ वर्षीया प्रहरी जवान बिमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते छन् । उनीहरुलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको छ ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend