काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको स्थायी समिति बैठक आज बस्दैछ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निस्कासन गर्नेछ । गएको पुस ५ गते असंवैधानिक रुपमा प्रतिनिधिसभा बिघटन गरेपछि प्रधानमन्त्री ओलीलाई नेकपाले स्पष्टीकरण सोधेको थियो । ओलीले पार्टीको अनुशासन र विधि विधान विपरीत काम गरेको भन्दै स्पस्टीकरण साधिएकोेमा उनले स्पस्टीकरणको जवाफ दिन इन्कार गरेका कारण पार्टीबाटै निष्कासन गर्न लागिएको वताइएको छ ।
ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा बिघटन गरेपछि नेकपा विभाजन भएको छ । तर कानुनी रुपमा निर्वाचन आयोगले नेकपा विभाजनको निर्णय गर्न बिलम्ब गरिरहेको छ ।
नेकपालाई ३ बर्षअघि मतदाताले दुईतिहाई बहुमत दिए पनि ओलीको सनकका कारण प्रतिनिधिसभा बिघटन गर्दा लोकतन्त्र, संघीयता र संविधानमाथि नै संकट आएको छ । त्यसका बिरुद्ध नेकपा प्रचण्ड माधव समूह आन्दोलनमा छ । शुक्रबार काठमाडौंमा ठूलो बिरोध प्रदर्शन गरेपछि उत्साहित भएको प्रचण्ड-माधव समूहले स्थायी समिति बैठकबाट ओलीको प्रतिगमनबिरुद्ध आन्दोलनलाई प्रभावशाली बनाउने कार्यक्रम तय गर्ने बताइएको छ ।
ओली चुनाव गराएर सत्ता हस्तान्तरण गर्न होइन, संघीयता, गणतन्त्रकै खिलाफमा जाने गरी अगाडि बढेका छन्, यस्तो अवस्थामा सबै दलहरुसँग सहकार्य गर्ने र संयुक्त आन्दोलनको रोडम्यापमा जानुपर्ने सवालमा प्रचण्ड नेपाल पक्ष लागेको छ । त्यसै सिलसिलामा शुक्रबार जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग अध्यक्ष पचण्डले भेटेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ओलीले चुनाव गराउलान् भन्दै उनीसँग सत्ता भागबण्डामा लागेपछि संयुक्त आन्दोलन गर्ने बिषय ओझेलमा परेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend