प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीको पार्टीमा प्रवेश गरेका पूर्वलडाकूहरु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ३० भन्दा बढी पूर्व लडाकूलाई नेकपा ओली समूहमा प्रवेश गराएको समाचार सार्वजनिक भयो । प्रवेश गरेका लडाकूको सूचीमा लेनिन बिष्ट पनि रहेका छन् । उनको नामलाई सबैले महत्व दिएका छन् । उनी पूर्व अयोग्य लडाकू हुन् । ओली सरकारका गृहमन्त्री रामबहादुर थापाले बिष्टलाई २ बर्षअघि २०७५ भदौ ८ गते थाइल्याण्ड जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएका थिए ।
आफूलाई विनाकारण विमानस्थलबाट फर्काइएको भन्दै बिष्टले सर्वोच्च अदालतमा दायर गरेको रिटमा प्रतिउत्तर दिने क्रममा थापा नेतृत्वको गृहमन्त्रालयले उनी कल बाइपासमा दोषी भएको उल्लेख गरेको थियो । तिनै बिष्टसहितका लडाकूलाई ओलीले आफ्नो समूहमा प्रवेश गराएका छन् । आफैंले कल बाइपास गरेकाले पक्राउ गरेको भनेर अदालतमा जवाफ पेश गरेका बिष्ट ओली नेकपामा प्रवेश गर्ने कार्यक्रममा गृहमन्त्री थापा भने उपस्थित थिएनन् ।
पूर्व लडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री थापासंग २०७५ भदौ १२ मा २४ घण्टे स्पष्टिकरणसमेत सोधेका थिए ।
गृहमन्त्रालयले बिष्टलाई त्यतिबेला बिष्टलाई फर्काउनुको कारणमा शान्ति मन्त्रालयबाट अयोग्य लडाकूको नाममा आएको १५ लाख रुपैयाँ लिएर संगठनबाट अलग भएको बिषय पनि उठाएको थियो ।
त्यसैगरी माओवादी द्धन्द्धकालमा बाल सेनाको रुपमा प्रयोग भएको र आफू स्वयं बालसेना रहेको जनाई नेपालको बदनाम गराउने र दातालाई भड्काउने योजना सहित कार्यक्रममा सहभागी हुन जाने क्रममा गृह मन्त्रालयले बिष्टलाई रोकेको बताएको थियो । बिष्टमाथि संगठनको नाममा बिभिन्न ब्यक्तिको हस्ताक्षर किर्ते गरेको बिषयमा अनुसन्धान भइरहेकाले विदेश जान रोक लगाएको थियो ।
अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भएको अभियोगमा लेनिनले एक बर्ष जेल भुक्तान गरेको कुरा समेत रामबहादुर थापा नेतृत्वको गृहमन्त्रालयले नै खोलेको थियो ।
नाकावन्दीको समयमा पेट्रोलियम पदार्थको कालोबजारी गरेको, धम्क्याएर चन्दा उठाएको अभियोगमा नेपाल प्रहरीको खोजीको सूचीमा रहेका विष्टमाथि सरकारले अयोग्य लडाकूको नाममा दिएको रकम एक्लै खाएको आरोप बिष्टमाथि गृहमन्त्री बादलले लगाएका थिए । तर तिनै बिष्टहरुलाई पार्टीमा हुलेर लडाकूहरुको ठूलो समूह ओलीतिर लागेको हौवा फिंजाउने काम सामाजिक संजालमा भइरहेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend