Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ एकैदिन ४ हजार २ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    शुक्रबार, जेष्ठ ३० २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको हो ।

    आज छापवाल सुन प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य हालसम्मकै उच्च २ हजार १६५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १५ रुपैयाँ बढी हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार