काठमाडौं । इजरायली आक्रमणमा इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)का प्रमुख मारिएका छन् ।
शुक्रबार बिहान इजराइलले गरेको आक्रमणमा आइआरजिसीका कमान्डर इन् चिफ मेजर जनरल हुसेन सलामीको मारिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
विभिन्न सञ्चारमाध्यमहरुले इरानको सरकारी टेलिभिजनलाई उद्धृत गरेर आइआरजिसी हुसेन मारिएको उल्लेख गरेका छन् । उनलाई इरानका सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले सन् २०१९ मा आइआरजिसीका कमान्डर इन् चिफ नियुक्त गरेका थिए ।
शुक्रबार बिहान इजरायलले आइआरजिसीको मुख्यालयमा हवाई आक्रमण गरेको थियो । सोही आक्रमणमा उनको मृत्यु भएको बताइएको छ ।
आइआरजिसीको मुख्यालयबाट धुवाँको मुस्लो छुटिरहेको भनेर सीएनएन लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । साथै, सो आक्रमणमबाट अन्य सैन्य अधिकारी समेत मारिएको समाचारमा उल्लेख छ ।
इजरायलले इरानका ६ वटा सैन्य इलाका, नतान्जको आणविक भट्टी, सैन्य अधिकारीहरूलाई लक्ष्य गरेर मिसाइल आक्रमण गरेको थियो । इजराइलले इरानमाथि आक्रमण गरेपछि अमेरिकाले पनि इरानलाई चेतावनी दिएको छ ।
समाचारहरुमा जनाइएअनुसार अमेरिकी विदेशमन्त्री मार्को रूबिओले एक वक्तव्य जारी गर्दै मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडाहरूमाथि आक्रमण नगर्न चेतावनी दिएका छन् । साथै, उनले इरान आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहने पनि बताएका छन् ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend