धनगढी । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सत्ता सञ्चालन र पार्टीको आन्तरिक व्यवस्थापनमा शीर्ष नेतृत्वले अपनाएको कार्यशैलीमाथि गम्भीर र सघन प्रश्नहरू उठााएका छन् ।
नेपाल प्रेस युनियन, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले वर्तमान सत्ता गठबन्धनद्वारा बनाइएको ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ र पार्टीभित्र ‘पदाधिकारी बैठक’ का नाममा भइरहेका निर्णय प्रक्रियामाथि एकसाथ प्रहार गरे ।
‘संविधानले नचिनेको संयन्त्रले सरकारलाई निर्देशित गर्ने र विधानले नचिनेको सिमित पदाधिकारी बैठकले समग्र पार्टीलाई चलाउन खोज्ने प्रवृत्ति हाबी भएको छ,’ उनले भने, ‘यस्तो अभ्यासले देशमा विधिको शासन र पार्टीमा आन्तरिक लोकतन्त्र दुवैलाई ठाडो चुनौती दिएको छ। यो गलत छ र यसलाई रोक्नुपर्छ।’
महरले विगत १० महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेको प्रसंगमा उनले भने, ‘पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिलाई निष्क्रिय बनाएर केही सीमित शिर्ष पदाधिकारीको तजबिजमा पार्टी चलाउन खोजिएको छ। विधानको समयसीमा घर्किँदै जाँदा पनि महाधिवेशनको प्रक्रिया सुरु नहुनुले भी- छ को नियतमाथि शंका उत्पन्न गराएको छ।’
उनले पार्टीभित्र अवसरको न्यायोचित वितरण नभएको भन्दै चिन्ता प्रकट गर्दै ‘पार्टीमा योगदान गरेका, क्षमता भएका र विचार बोकेका हजारौं कार्यकर्ता अवसरबाट वञ्चित छन्,’ महरले भने, ‘नेपाली कांग्रेस लाखौं कार्यकर्ताको साझा घर हो। यहाँ अवसरको न्याय स्थापित नगरी पार्टी बलियो बन्दैन। हामीलाई अब नैतिक आचरण र वैचारिक बल भएको पार्टी चाहिएको छ।’
नेताको चरित्र र आचरणको प्रतिबिम्ब देशको शासन प्रणालीमा देखिने भन्दै उहाँले सुशासनका लागि नेताहरू स्वयं नैतिकवान हुनुपर्ने र पार्टी आदर्शवादी हुनु पर्नेमा जोड दिए । संविधान कार्यान्वयन र जनमुखी कानुन निर्माणमा सांसदहरूको भूमिका कमजोर देखिएकोतर्फ संकेत गर्दै उनले सांसदहरूलाई थप जिम्मेवार र जवाफदेही बन्न आग्रह गरे।
दशर चन्द मेडिकल विश्वविद्यालय लाई आवश्यक नीति ,कानुन निर्माण गरेर यथाशक्य छिटो सुसंचालन गर्नु पर्नेमा महरको जोड थियो ।कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहनुभएका महरले नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने महत्वाकांक्षी योजना अघि सार्नुभयो। ‘हाम्रा विद्यार्थी मात्र विदेश जाने होइन, अब हामीले विदेशी विद्यार्थीलाई नेपालमा छात्रवृत्ति दिएर अध्ययनका लागि आकर्षित गर्ने नीति लिनुपर्छ,’ उनले आफ्नो भिजन स्पष्ट पार्दै भने, ‘यहाँबाट ज्ञान लिएर फर्किने विदेशी विद्यार्थीहरू संसारभर नेपालका लागि अवैतनिक राजदूत बन्नेछन्। यसले हाम्रो जनपक्षीय कूटनीति (सफ्ट पावर) लाई विश्वव्यापी बनाउन महत्त्वपूर्ण योगदान गर्नेछ।’
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौं। सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार छठ पर्वको अवसरमा...
सर्लाही । सीमाक्षेत्रमा हुने चोरी, तस्करी तथा अवैध गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीका केही अधिकारीमाथि नै तस्करसँग आर्थिक लेनदेन गरी अवैध कारोबारलाई...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend