Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पूर्जी जारी


    बुधबार, जेष्ठ २८ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पत्रकार दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीको केन्द्रीय साइबर ब्युरोको अनुरोधमा विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधको कसुरमा पाठकविरुद्ध यो पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।

    प्रहरी स्रोतका अनुसार, पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी परेपछि ब्युरोले काठमाडौँ जिल्ला अदालतसँग पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो। अदालतले उक्त अनुरोध स्वीकृत गर्दै पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

    यद्यपि, उजुरी कसले र कुन विशिष्ट आरोपमा दर्ता गराएको भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार