Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • आईसीसी विश्वकप लिग-२: नेदल्यान्ड्सविरुद्ध ब्याटिङमा नेपाल


    मंगलबार, जेष्ठ २७ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (मंगलबार) नेदरल्यान्ड्ससँग खेल्दैछ। खेलमा टस हारेर नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको छ।

    स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा हुने खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ। पहिलो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको नेपाली टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छ।

    सिरिजको ३ मध्ये दुई खेलमा जित र एक खेलमा हार भोगेको नेपाली टोली आज नेदरल्यान्डलाई हराउँदै सिरिजमा सुखद् अन्त्य गर्न चाहन्छ । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्डमाथि ५ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको नेपाल सिरिजमा तेस्रो जितको खोजीमा छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार