Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ


    मंगलबार, जेष्ठ २७ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा दिक्पाल कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । उनलाई धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट पक्राउ गरिएको एसएसपी अधिकारीले बताए ।

    उनीसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले १४ जेठमा उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालबन्दी गरेको थियो ।

    सोही घटनामा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार