Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • बेगनास तालको ३५ फिट गहिराइबाट निकालियो बेपत्ता व्यक्तिको शव


    सोमबार, जेष्ठ २६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  जेठ २६ गते पौडी खेल्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका–३१ माझीकुनास्थित बेगनास तालमा बेपत्ता भएका पुरुषको शव सशस्त्र प्रहरी बलको गोताखोरले करीव ३५ फिट गहिराईबाट निकालेको छ ।

    गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–३ मनकामना बस्ने ४३ बर्षिय राजेश श्रेष्ठ पौडी खेल्ने क्रममा जेठ २५ गते साँझ साढे ७ बजे बेपत्ता भएका थिए । उनी कास्कीको पोखरा घुम्न आई लेकवेभ होटलमा बस्दै आएको थिए ।

    सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले बेपत्ता श्रेष्ठको शव सोमबार बिहान १० बजे फेला पारेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार