काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कसँगको आफ्नो सम्बन्ध अब समाप्त भएको बताएका छन्।
शनिबार एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पलाई मस्कसँगको घनिष्ठ सम्बन्ध अब सकिएकै हो त भनेर सोध्दा उनले भने, ‘हो, मलाई त्यस्तै लाग्छ।’ उनलाई अर्को प्रश्न सोधियो( तपाईं यो सम्बन्ध सुधार गर्न चाहनुहुन्छरु
ट्रम्पले भने, ‘अहँ।’
ट्रम्पको यो भनाइ सामाजिक सञ्जालमा मस्कसँग भनाभनपछि आएको हो। मस्कले ट्रम्पको कर र खर्च नीतिको खुलेआम आलोचना गरेपछि दुई जनाबीच वैमनस्य बढेको हो।
धेरैजसो रिपब्लिकन नेता अझै पनि ट्रम्पको समर्थनमा छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि मस्कले ‘अतिप्रतिक्रिया’ दिएकाले उनलाई अब पार्टीमा पुनस् समावेश नगरिने बताएका छन्।
भान्सले पोडकास्टमा भनेका छन्, ‘ट्रम्पविरुद्ध मस्कको आक्रमण ठूलो गल्ती हो।’ केही दिनयता मस्कले ट्रम्पको ‘बिग ब्युटिफुल बिल’को आलोचना गरिरहेका छन्। यो कंग्रेसबाट पारित हुने प्रक्रियामा छ।
मस्कले यो विधेयक पारित भएमा यसले राष्ट्रिय घाटामा ट्रिलियन डलर थप्नेछ र डजको प्रमुखका रूपमा आफूले गरेको कामलाई कमजोर बनाउने दाबी गरेका छन्। मस्कले हालै डज छाडिसकेका छन्।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend