काठमाडौं। क्रिष्टियानो रोनाल्डोले क्लब विश्वकपमा नखेल्ने भएका छन । फिफा अध्यक्ष जियानी इन्फान्टिनोको टूर्नामेंटमा फुटबलको सबैभन्दा ठूलो आकर्षण हुने आशालाई धक्का दिँदै उनले क्लब विश्वकप नखेल्ने घोषणा गरेका हुन् ।
पोर्चुगली फुटबल स्टारले शनिबार भने कि जुन १४ वाट सुरु हुने प्रतियोगितामा सहभागी क्लबहरूबाट धेरै प्रस्तावहरू प्राप्त गरे पनि ती मध्ये कुनै पनि स्वीकार नगर्ने निर्णय गरेको जनाए । रोनाल्डोले भनेका छन्, ‘केही कुराको बारेमा कुरा गर्नु अर्थपूर्ण हुन्छ, अरु कुराले गर्दैन र एक व्यक्तिले भनेजस्तै तपाईले सबै कुरामा भाग लिन सक्नु हुन्न।’
‘तपाईले छोटो, मध्यम र दीर्घकालीन बारे सोच्नु पर्छ, यो मेरो तर्फबाट क्लब विश्वकपमा नजाने व्यावहारिक निर्णय हो, तर मैले जानेका लागि धेरै निमन्त्रणाहरू पाएको छु।’ रोनाल्डोले स्पेनविरुद्ध पोर्चुगलको युइएफए नेसन्स लिगको फाइनल खेल्नुभन्दा एक दिनअघि म्युनिखमा बोल्दै यो धारणा सार्बजनिक गरेका हुन् ।
४० वर्षिय खेलाडीले बुधबार जर्मनी विरुद्धको सेमिफाइनलमा २–१ को जित निकाल्दै १३७ औं अन्तर्राष्ट्रिय गोल गर्दै पोर्चुगललाई फाइनलमा पुर्याएका थिए । ‘यो अहिले अप्रासंगिक छ,’ रोनाल्डोले फिफा क्लब विश्वकपको बारेमा पहिलो पटक सोध्दा भने, ‘राष्ट्रिय टोली बाहेक अरु कुरा गर्नुको कुनै अर्थ छैन।’
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend