काठमाडौं। क्रिष्टियानो रोनाल्डोले क्लब विश्वकपमा नखेल्ने भएका छन । फिफा अध्यक्ष जियानी इन्फान्टिनोको टूर्नामेंटमा फुटबलको सबैभन्दा ठूलो आकर्षण हुने आशालाई धक्का दिँदै उनले क्लब विश्वकप नखेल्ने घोषणा गरेका हुन् ।
पोर्चुगली फुटबल स्टारले शनिबार भने कि जुन १४ वाट सुरु हुने प्रतियोगितामा सहभागी क्लबहरूबाट धेरै प्रस्तावहरू प्राप्त गरे पनि ती मध्ये कुनै पनि स्वीकार नगर्ने निर्णय गरेको जनाए । रोनाल्डोले भनेका छन्, ‘केही कुराको बारेमा कुरा गर्नु अर्थपूर्ण हुन्छ, अरु कुराले गर्दैन र एक व्यक्तिले भनेजस्तै तपाईले सबै कुरामा भाग लिन सक्नु हुन्न।’
‘तपाईले छोटो, मध्यम र दीर्घकालीन बारे सोच्नु पर्छ, यो मेरो तर्फबाट क्लब विश्वकपमा नजाने व्यावहारिक निर्णय हो, तर मैले जानेका लागि धेरै निमन्त्रणाहरू पाएको छु।’ रोनाल्डोले स्पेनविरुद्ध पोर्चुगलको युइएफए नेसन्स लिगको फाइनल खेल्नुभन्दा एक दिनअघि म्युनिखमा बोल्दै यो धारणा सार्बजनिक गरेका हुन् ।
४० वर्षिय खेलाडीले बुधबार जर्मनी विरुद्धको सेमिफाइनलमा २–१ को जित निकाल्दै १३७ औं अन्तर्राष्ट्रिय गोल गर्दै पोर्चुगललाई फाइनलमा पुर्याएका थिए । ‘यो अहिले अप्रासंगिक छ,’ रोनाल्डोले फिफा क्लब विश्वकपको बारेमा पहिलो पटक सोध्दा भने, ‘राष्ट्रिय टोली बाहेक अरु कुरा गर्नुको कुनै अर्थ छैन।’
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend