Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माघ २३ गते ओलीको पंचर्‍याली, सत्ताको दुरुपयोग गर्दै मानिस उतार्दै


    शुक्रबार, माघ ९ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपाको प्रचण्ड माधव पक्षले आज काठमाडौंमा शक्तिप्रदर्शन गरेपछि आत्तिएका प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २३ गते आफ्नो बचाउमा मानिस उतार्ने भएका छन् । पंचायतकालमा प्रजातन्त्रका लागि जनआन्दोलन हुँदा पंचहरुले पंचर्याली निकाल्ने गरेकै जस्तो सत्ताको दुरुपयोग गरी ओलीले मानिस भेला गर्न लागेका छन् ।

    ओलीको पंचर्यालीका लागि राज्यकोष परिचालन गरी मानिस भेला गर्न पंचायतकालमा जस्तो प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको छ । ओली असंवैधानिक कदमका बिरुद्ध बरिष्ष्ठ अधिवक्ता, अधिकारकर्मी, नागरिक समाज लगायतका सबै तह र तप्का सडकमा उत्रिएपछि सत्ताको उन्माद देखाउँदै माघ २३ मा पंचर्याली निकाल्न लागिएको छ ।  

     ओलीले आजको नेकपा प्रचण्ड-माधवको बिरोध प्रदर्शनलाई होच्याउँदै माघ २३ गते वास्तविक जनप्रदर्शन हुने दावी गरेका छन् ।

    बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा शुक्रबार आयोजित पेशागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, आज अलिअलि मान्छे जम्मा गरेछन् । तर वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार