Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फुलकन्ट्याक्ट कराँते महासंघको साधारण सभा सम्पन्न


    शनिबार, जेष्ठ २४ २०८२
    870
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल फुलकन्ट्याक्ट महासंघको साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य कमलबहादुर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा देशभर बाट २४ संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले महासंघभित्र देखिएको समस्या समाधान गर्न निरन्तर लागिरहेको बताए । महासंघमा परिषद्को कारण नवीकरणदेखि सदस्यतासम्मको विवाद भएको छ । अदालतको फैसलालाई बेवास्ता गर्दै परिषदले महासंघको नवीकरण समेत रोकेको छ ।

    साधारण सभामा परिषदले गरेको अन्यायविरुद्ध फेरि कानुनी उपचार खोज्नुपर्ने आवाज उठेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले राखेपमै विकृति रहेको बताउँदै त्यसलाई निरन्त्रण गर्न आवश्यक रहेको आंैल्याए । उनले भने–महासंघको विरुद्धमा लागेका केही व्यक्तिले महासंघको विरोध गर्न खोजेको आरोप लगाए । उनले भने–अदालतले समेत कानुनी मान्या दिएको महासंघको पक्षमा अधिकांस सदस्य रहेको जानकारी दिए ।

    उनले भने–अब दुबै पक्ष राखेर तत्काल समस्या समाधान गर्नुपर्छ, लामो समयसम्म विवाद गरेर कुनै फाइदा हुँदैन अब सबैले गल्ती सुधारांै देशलाई खेलकुदमय बनाऔं । उनले परिषदले मान्यता नदिएको विषयमा अध्ययन भइरहेको बताए ।

    महासंघका पूर्वअध्यक्ष दमन बस्नेतले परिषदले पेलेरै जानखोजे फेरि कानुनी उपचारमा जान बाध्य हुने चेतावनी दिए । उनले आधिकारीक महासंघ यही हो, हामीले राखेपका सदस्यसंग बैठक बसेर यही जानकारी गराएका छौं । परिषदले महासंघमा देखिएको समस्या समाधान गर्न राखेपका सदस्य भानु चन्दलाई जिम्मा दिएको छ । हामीले भन्नुपर्दा महासंघलाई नवीकरण गर्न नदिनु परिषद्को बदमासी हो । यही अवस्था रहे फेरि कानुनी उपचारमा जान बाध्य हुनेछौं ।

    राखेपका मुख्य प्रशिक्षक कुमार श्रेष्ठले सबै संघलाई पत्राचार गरी साधारण सभा आयोजना गरिएको बताउँदै विवाद गर्नुको कुनै तुक नभएको जिकीर गरे । उनले विवाद समाधान गर्न महासंघ तयार रहेको बताउँदै आफूले पनि परिषदसँग पहल गर्ने बताए ।

    महासंघका उपाध्यक्ष नवराज सेढाईले २०६१ सालमा दर्ता स्थापना भई २०६८ सालमा राखेपले तयार पारेको विधानबाट दर्ता भएको महासंघ आधिकारीकताको विषयमा कुनै विवाद नभएको उल्लेख गरे ।
    उनले केही व्यक्तिहरुको कारण समस्या भएको बताए । उनले अब पनि समस्या समाधान नगरे अदालतले दिएको आदेश अनुसार महासंघ अघि बढ्ने चेतावनी दिए । महासंघका वरिष्ठ उपाध्यक्ष पदमराज सुवेदीले महासंघले गरेको कामको बारेमा जानकारी गराएका थिए । महासंघका सचिव अजय महर्जनले सञ्चालन गरेको साधारणसभामा महासंघका प्रमुख प्रशिक्षक कुमार श्रेष्ठ र चीनमा अन्तराष्ट्रिय पदक पाउन सफल खेलाडी बज्रकुमार राईलाई सम्मान गरिएको थियो ।

    साधारणसभामा महासंघ सचिव विकास महर्जनले प्रस्तुत गरेको साङ्गठनिक र कोषाध्यक्ष सुमन गजुरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको थियो । साधारणसभामा बोल्दै महासंघका अध्यक्ष शालिकराम कुँवरले महासंघमा देखिएको समस्या समाधान गर्न पहल भइरहेको बताए । भने–सबै निकायसँग कुरा गरिसकेका छौ, सबैको सकरात्मक सहयोग पाएका छौ चाडै समस्या समाधान हुन्छ । साधारणसभामा यही साउनमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।

    त्यस्तै एकवर्षभित्र फैसला कार्यान्व्यनको लागि परिषदसँग अबिलम्ब छलफल गर्ने, रेफ्री सेमिनार, टेक्निकल सेमिनार, समर क्याम्प लगायत कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार