काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका रुपमा लिँदै सुशासन र विकासको गतिलाई तीव्र बनाइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पेशागत विशेष जिल्ला कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष ओलीले निर्वाचनपछि आफ्नो पार्टीको पुनःबहुमतसहितको सरकार बन्ने उद्घोष गर्नुभयो ।
उहाँले प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन आग्रह गर्नुभयो । उहाँले पार्टी र सरकारलाई कमजोर धरातलको संयुक्त मोर्चा जस्तो स्थितिमा पु¥याउनेहरु आफैँ पार्टी छाडेर गएको जनाउँदै अब शुद्धीकरण र देशव्यापी अभियानका साथ परिचालित हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका समयमा तत्कालीन आफ्नो पार्टीले विधानमा संवैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग संयुक्त आन्दोलन गरिरहेका स्थितिमा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी दिएको अभिव्यक्तिलाई अहिले गलत व्याख्या गरिएको स्पष्ट गर्नुभयो । उहाँले आफूहरुले उहिल्यै गणतन्त्रका लागि व्यवस्थित अभियान चलाइसकेको र लोकतान्त्रिक आन्दोलनताका संयुक्त आन्दोलनको विकल्प नभएका बेला काँगे्रेसले विधानबाट संवैधानिक राजतन्त्र हटाउनुपर्ने र आन्दोलनको माग स्पष्ट हुनुपर्ने आफ्नो तर्क रहेको स्मरण गराउनुभयो ।
पहिलो संविधानसभालाई आफूहरुले नभई अरुले विघटन गराएको र बल्लबल्ल पुनः निर्वाचन गरी अनेक शक्तिले रोक्न खोज्दा पनि संविधान जारी गराएको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले भारतले मिचेको भूमिलाई नेपालको नक्शामा समेटेपछि अरुको पार्टीभित्रैबाट सरकारको विरोधमा खेल शुरु भएको आरोप लगाउनुभयो । पार्टी र कम्युनिष्ट आन्दोलनमा शुद्धीकरण आवश्यक भइसकेको थियो भन्दै उहाँले प्रश्न गर्नुभयो, “आफ्नै पार्टी नेतृत्व र सरकारविरुद्ध यसरी सडकमा सत्तोसराप गर्नेहरुका बीचमा मैले यसबीचमा कसरी काम गरेँ हुँला ? विश्वमा यसरी कुनै पार्टी चलेको देख्नुभएको छ ?” कार्यक्रममा नेकपामा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन न्यायोजित र आवश्यक भएकाले यसका विरुद्ध आन्दोलन गर्नुको औचित्य नभएको बताउनुभयो ।
ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री रायमाझीले शान्ति प्रक्रियामा आइसकेपछि अब युद्धको धङधङीको काम नभएको पनि जनाउनुभयो । सो जिल्ला कमिटीका अध्यक्ष प्रेमप्रसाद पराजुलीले नयाँ स्थितिमा पेसागत क्षेत्रका कार्यकर्ताहरुलाई एकताबद्ध र सक्रिय हुन आग्रह गर्नुभयो । सो कमिटीका सचिव समीर नेपालले नेकपाले यही माघ २३ गते काठमाडौँमा जनसभाको आयोजना गर्ने जानकारी दिनुभयो । रासस
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend