काठमाडौं । असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा बिघटनका बिरुद्ध आज आयोजित बिरोध प्रदर्शनमा कर्मचारीहरुलाई सहभागी नहुनका लागि सरकारले दबाब दिएको खुलासा भएको छ । कर्मचारीलाई कार्यालय समयमा बाहिर जान नदिन सरकारका सहसचिव र सचिवलाई निर्देशन दिइएको थियो ।
आजको विशाल बिरोध प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मानवअधिकार र लोकतन्त्रका पक्षमा स्वतस्फुर्त रुपमा आन्दोलित कर्मचारीहरुलाई सत्ताले तर्साउने काम गरिरहेको बिषय उठाएका छन् । ‘ओली सरकारले कर्मचारीलाई लोकतन्त्रका पक्षमा आवाज नउठाउन खबरदारी गरिरहेको छ, मण्डलेकरण देखाइरहेको छ’– प्रचण्डले चेतावनी दिंदै भने– कर्मचारीलाई छोएर मात्र हेर, त्यसको हिसाबकिताव हुन्छ ।
शाही सरकारलाई समेत बिर्साउनेगरी ओली सरकारले कर्मचारीलाई तर्साउने काम गरेको छ । तर्साएर मात्र नपुगी आजको बिरोध सभा भाँड्न र कर्मचारीको सहभागिता नहोस् भनेर कार्की ब्याक्वेटमा प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आज १ बजेबाट पेशागत विशेष जिल्ला कमिटीको भेला राखिएको थियो । अध्यक्ष प्रचण्डले भने–ओली सरकारको दबाबमा परी विभिन्न मन्त्रालयका सहसचिव र सचिवहरुले कर्मचारीहरुलाई कार्की ब्यांक्वेटमा जानका लागि निर्देशन दिएका छन् । त्यसको पनि हामीले हिसाबकिताव राखेका छौंं ।
सरकारको निर्देशनका बाबजुद आजको बिरोध प्रदर्शनमा उल्लेख्य कर्मचारीहरुको उपस्थिति थियो । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रिय निजामती कर्मचारी संगठनमा आवद्ध ९० प्रतिशत कर्मचारी आजको बिरोधसभामा सहभागी थिए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend