Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • माधव नेपालले बिरोधसभामा भने – ओली भस्मासुर हुन्


    शुक्रबार, माघ ९ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधबकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आदर्श भएका मानिस नभएको बताएका छन् । 

    शुक्रबार प्रचण्ड नेपाल समूहले गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीमा आदर्श नभएकाे बताए ।

    “केपी ओली कम्युनिष्ट आदर्शमा विश्वास गर्ने मानिस होइनन् । केपी ओली सामूहिकतामा विश्वास गर्ने मानिस होइनन् । उनले भने । त्यस्तै प्रधानमन्त्री ओलीले धारामा टिक्न नसकि धारामा नै नभएको कुरा ल्याएर राष्ट्रपति कहाँ चिठि पठाएको बताए ।

    140930320_236956911214755_5056513473791168177_n.jpg

    ओली संविधानको धारामा टिक्न नसकेपछि धाराको उल्लेख नै नगरिकन राष्ट्रपति कहाँ चिठि पठाएका रहेछन् ।” उनले भने । प्रधानमन्त्री ओलीमा कम्युनिष्ट आदर्श नभएको दाबी गर्दै आफूहरुले स्पष्टीकरण सोधेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार