Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै


    शुक्रबार, माघ ९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दामा आज पनि बहस हुँदैछ । बिहीबार सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’मा रहेको मुद्दाकाे सुनुवाइ शुक्रबार पनि जारी रहेकाे छ । 

    प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, न्यायाधीशहरू विश्‍वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ।

    हिजो ६ जना कानुन व्यवसायीले बहस गरेका थिए । इजलासमा बोल्दा धेरै समय लिने, विषयवस्तु दोहोर्‍याउने गरेकाले कानुन व्यवसायीलाई समय तोक्न थालिएको छ।

    एउटै विषयमा १३ वटा निवेदन सर्वोच्चमा छन्। ती रिट निवेदनको तर्फबाट आज पनि कानुन व्यवसायीले बहस गर्नेछन्। हिजोसम्म चारजना रिट निवेदकको तर्फबाट बहस भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार