काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जारी आन्दोलनको अग्रमोर्चामा दृढताका साथ खडा हुँदै गर्दा केही सञ्चारमाध्यममा राप्रपा, राप्रपाको नेतृत्व र समग्र आन्दोलनलाई निष्प्रभावी एवं भ्रम पार्नेगरी समाचार सम्प्रेषित नगर्न आग्रह गरेको छ ।
मंगलबार बसेको बैठकले राप्रपा जारी आन्दोलनलाई निश्कर्षमा र्पुयाउन पूर्ण प्रतिबद्ध रहेको र निरन्तर आन्दोलनको अग्रभागमा रहने निर्णय गरेको छ । यस्ता कपोलकल्पित समाचारबाट कोही भ्रममा नपर्न समेत राप्रपाले आग्रह गरेको छ । पार्टी र नेतृत्वबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा छरिने वा छरिएका सबैखाले भ्रमको सामूहिक प्रतिवाद गर्न राप्रपाले सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेको छ ।
साथै, अनर्गल भ्रम छर्ने कार्यमा राप्रपाको कुनै पनि तहको नेता, कार्यकर्ता संलग्न भएको देखिएमा कडा अनुशासनको विषय बन्नेमात्र होइन कारबाहीको भागीदार समेत हुनुपर्ने कार्यसम्पादन बैठकले निर्णय गरेको पार्टीका प्रवक्ता एवं प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको बिज्ञप्तिमा छ ।
स्वर्गबासी राजा बीरेन्द्र र दिवंगत राजपरिवारको सम्मान र सम्झनामा जेठ १९ गते साँझ कमलादी मन्दिरमा राजपरिवारको समेत उपस्थितिमा आम जनताले श्रद्धाञ्जली अर्पण र दीप प्रज्वलन गर्ने कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट वाइसिएलबाट भएको अवरोधको प्रयासको राप्रपाले सशक्त विरोध गरेको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन गर्नुभएको उक्साहटप्रति राप्रपाले खेद व्यक्त गरेको छ । यस्ता कार्य जारी रहेमा राप्रपाले आगामी दिनमा सशक्त प्रतिवाद गर्ने चेतावनी पनि दिएको छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend