पथरी । पथरीमा सम्पन्न प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिले जितेको छ ।
मंगलबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक टिमले डाँस-मोरङी क्लबलाई ४ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको डाँस मोरङी क्लबले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।
डाँसका लागि उमर सानीले सर्वाधिक ३२ रन बनाए भने रोहित राजवंशीले २२, प्रदीप मण्डलले १७ र दीपेश सुवेदीले १६ रनको योगदान दिए ।
बलिङतर्फ आयोजक टिमका सुरज न्यौपानेले ३ विकेट लिए भने मोहम्मद निशार र ज्ञानेन्द्र श्रेष्ठले समान २/२ विकेट तथा अभि लिम्बू र नितेश साहनीले १/१ विकेट लिए ।
१२२ रनको लक्ष्य आयोजक टिमले १९ ओभर १ बलमा ६ विकेटको क्षतिमा पूरा गर्यो। जितमा सोनु मण्डलको ३६ रन, विजय घिमिरेको २९ रन र सुरज न्यौपानेको १७ रन महत्वपूर्ण रहे। डाँसका आर. के. मण्डलले ३ विकेट र प्रदीप मण्डलले २ विकेट लिए ।
व्यक्तिगत विधामा पनि आयोजक टिमको बर्चस्व
प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक टिमका सुरज न्यौपाने घोषित भए। उनी फाइनलमा समेत म्यान अफ दि म्याच बन्न पुगे ।
उत्कृष्ट ब्याट्सम्यानको उपाधि सोनु मण्डलले पाउँदा, उत्कृष्ट बलर डाँसका उमर सानी घोषित भए। उदीयमान खेलाडीको रुपमा पथरी-शनिश्चरे क्रिकेट क्लबका अभिषेक विक बाला चयन भए ।
विजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पायो। विजेता तथा उपविजेता टिमलाई पथरीशनिश्चरे नगरपालिका वडा नं. १० का अध्यक्ष जीवन खतिवडासहितका विशिष्ट अतिथिहरूले पुरस्कार वितरण गरेका थिए ।
मौसमको कारण आइतबार तय गरिएको फाइनल खेल मंगलबार सम्पन्न गरिएको हो। प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend