काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बिघटन गरेको बिरोधमा आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड माधव समूहले आज काठमाडौंमा बिशाल बिरोध प्रदर्शन गर्दैछ । बिरोध प्रदर्शन कार्यक्रमलाई सुब्यवस्थित र अनुशासित बनाउनका लागि नेकपा केन्द्रीय संघर्ष समितिले सात बुँदे निर्देशिका जारी गरेको छ । आजको बिरोध प्रदर्शनपछि रत्नपार्क शान्तिबाटिकामा सभा हुनेछ ।
सभालाई नेकपा अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । आजको बिरोध प्रदर्शनका लागि नाराहरु पनि तय गरिएका छन् । तय गरिएको नारामात्र लगाउन नेकपाका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जारी गरेको निर्देशिकामा उल्लेख छ ।
निर्देशिकामा प्रत्येक प्रदेश, जिल्ला, जनवर्गीय संगठनलाई बिरोध प्रदर्शनमा तोकिए अनुसारको संख्या उपस्थित गराउनुपर्ने उल्लेख छ ।
त्यसैगरी १०.४५ बजेसम्म आफ्नो छुट्याइएको आर्कमा अनिवार्य भेला भैसक्नुपर्ने र उपत्यका बाहिरबाट आउनेहरुले १०.४५ बजेसम्म बिरोध प्रदर्शन गर्नका लागि छुट्याइएको निर्धारित आर्कमा उपस्थित हुनुपर्नेछ ।
बिरोध प्रदर्शनमा आउनेहरुका लागि आर्क समेत तोकिएको छ । जस अनुसार माइतीघरमा निर्वाचन क्षेत्र नम्बर १ र २ तथा भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली जिल्ला, पेशागत, प्रेस संगठन, बुद्धिजीवी, प्राध्यापक, वकिल, इन्जीनीयर, शिक्षक र प्रदेश नम्बर २ का लागि तोकिएको छ ।
डिल्लीबजार चारखालमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ का लागि तोकिएको छ । लैनचौरमा काठमाडौं क्षेत्र नम्बर ६ र ७ को जुलुस जम्मा हुनेछ । त्रिपुरेश्वर काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८, ९ र १० को लागि तोकिएको छ ।
त्यसैगरी, कुपण्डोलमा ललितपुर जिल्ला कमिटी, खेलकुद र सुकुम्बासीका लागि छुट्याइएको छ । प्रदर्शनीमार्ग सम्पर्क कमिटी, आदिवासी जनजाति र बाँकी सबै जनवर्गीय संगठनहरुको भेला भई बिरोध प्रदर्शनमा सामेल हुनेछ । शान्बिाटिकामा मजदुर, त्रिचन्द्र कलेजमा विद्यार्थी र बाल्मिकी क्याम्पसमा पेशागत सबै जम्मा भई बिरोध प्रदर्शनमा सहभागी हुनेछन् ।
आजको बिरोध प्रदर्शनमा कम्तीमा १ लाखको संख्यामा नागरिककको सहभागिता हुने नेकपाका केन्द्रीय सदस्य बिष्णु रिजालले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend