काठमाडौं । काठमाडौँको नक्खुमा रहेको सनरानइज अपार्टमेन्ट र जैनखेलको एक घरमा सट्टेबाजी खेलाउने गिरोह फेला परेको छ। अनलाइन जुवा सट्टेबाजी खेलाउने गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँच भारतीय र १२ नेपालीलाई पक्राउ गरेको हो ।
उनीहरूले ८१ करोड ४७ लाख ५७ हजार ४४६ रूपैयाँ ४० पैसा बराबरको अनलाईन जुवा कारोबार गरेको प्रहरीको दाबी छ।
विभिन्न देशका नागरिकहरूलाई वाट्सएप र टेलिग्राममार्फत सम्पर्क गरी अनलाइनएप मार्फत जुवा खेलाउने गरेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए।
विशेष सूचनाको आधारमा ललितपुरको, ललितपुर महानगरपालिका २६ जैनखेल भ्युटावरस्थित घर र नख्खु स्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर व्यवसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने गरेको प्रहरीको दाबी छ।
पक्राउ परेकालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिमको जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको एसपी आचार्यले जानकारी दिए।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend