काठमाडौं । काठमाडौँको नक्खुमा रहेको सनरानइज अपार्टमेन्ट र जैनखेलको एक घरमा सट्टेबाजी खेलाउने गिरोह फेला परेको छ। अनलाइन जुवा सट्टेबाजी खेलाउने गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँच भारतीय र १२ नेपालीलाई पक्राउ गरेको हो ।
उनीहरूले ८१ करोड ४७ लाख ५७ हजार ४४६ रूपैयाँ ४० पैसा बराबरको अनलाईन जुवा कारोबार गरेको प्रहरीको दाबी छ।
विभिन्न देशका नागरिकहरूलाई वाट्सएप र टेलिग्राममार्फत सम्पर्क गरी अनलाइनएप मार्फत जुवा खेलाउने गरेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए।
विशेष सूचनाको आधारमा ललितपुरको, ललितपुर महानगरपालिका २६ जैनखेल भ्युटावरस्थित घर र नख्खु स्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर व्यवसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने गरेको प्रहरीको दाबी छ।
पक्राउ परेकालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिमको जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको एसपी आचार्यले जानकारी दिए।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend