Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाकिस्तानमा १७ वर्षीया टिकटकरको गोली हानी हत्या


    मंगलबार, जेष्ठ २० २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा एक जना टिकटकरको गोली हानी हत्या गरिएको छ । बीबीसी हिन्दीका अनुसार १७ वर्षीया टिकटकर सना युसुफको गोली हानी हत्या भएको हो ।

    सोमबार साँझ इस्लामावादस्थित अज्ञान व्यक्ति उनको घरमा घुसेर सनाको हत्या गरेको हो । इस्लामावाद पुलिस स्टेसनमा सनाकी आमाले आफ्नो छोरीको हत्या भएको भन्दै एफआईआर दर्ता गरेकी छन् । प्रहरीका अनुसार सनाकी आमाले आफ्नो घरमा एक व्यक्त अचानक पसेर छोरीको छातीमा दुई गोली हानिएको एफआईआरमा उल्लेख छ ।

    गोली लागेर घाइते भएकी सनालाई छिमेकीको कारमा राखेर उपचारका लागि अस्पताल पुर्‍याएको भए पनि उनको मृत्यु भइसकेको सनाकी आमाले भनेकी छन् ।प्रहरी अधिकारीका अनुसार घटनामा संलग्न अभियुक्तबारे थुप्रै प्रमाण फेला परिसकेको र उनी चाँडै पक्राउ पर्ने दाबी गरिएको छ ।

    अनुसन्धान अधिकारीका अनुसार सनामाथि गोली हान्नु अघि अभियुक्तले उनको घरको खानातलासी गरेका थिए । जब आरोपीले सनाका आमा-बुबा घरमा नरहेको देखे त्यसपछि सिधै सनाको कोठामा पसेर उनीमाथि गोली हानिएको थियो ।

    उनी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लाकी बासिन्दा हुन्, तर उनको परिवार केही समयदेखि इस्लामाबाद बस्दै आएको पाइएको छ । सनाको टिकटक एकाउन्टमा करिब ८१ हजार फलोअर्स छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार