Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ सामान्य बढ्यो, तोलाको कति पुग्यो ?


    आइतबार, जेष्ठ १८ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

    आइतबार छापवाल सुन प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा खरिदबिक्री हुदैँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार