काठमाडौं । गीतकार नमिता दवाडीको म त एक्लै ज्यूँछु बरु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको कम्पोज, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ।
प्रेम वियोगमा रहेकी युवतीको प्रेम गाथा बोल्ने म त एक्लै ज्यूँछु बरुमा एलिना गज्जबसँग खुलेकी छन्। आँफूलाई भन्दा बढी माया गरेको मान्छेले रुवाएर दुनियालाको अघि हाँसोको पात्र बनाएपछि प्रेम वियोगमा परेकी युवतीले एक्लै जिउने चाहाना राखेको विषयलाई निर्देशक आयुष क्षेत्री प्रिन्सले कलात्मक शैलीमा प्रस्तुत गरेका छन्।
भिडियोमा गायिका एलिना चौहानकै अभिनय देख्न सकिन्छ। सुबिन गोदारको छायांकन रहेको भिडियोको सम्पादन तथा कलर कल्पेश विश्वकर्माले गरेका हुन्।
गीतको चर्चासँगै टिकटक र रिल्स पनि उल्लेख्य बनिरहेको गीतकार दवाडीले बताइन्। नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा सक्रिय गीतकार दवाडीले परवासमा रहेर पनि लेखनको क्षेत्रमा कृयाशिलता देखाइरहेकी छन्।
उनका पारालिङ्गीहरूमा समर्पित परिचय, मलाई बाँच्न सिकायौं जस्ता गीत चर्चामा छन्। सार्वजनिक गीतको निर्माताका रुपमा निमिसा दवाडी रहेकी छन्।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend