काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्। गृहमन्त्री रमेश लेखकले जेठ १३ गते बढुवाको निर्णय गरेको प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै जानकारी दिएको छ।
बढुवासँगै उनीहरूको पदस्थापन पनि गरिएको छ। डीआईजीमा बढुवा भएका सुदर्शन प्रसाद कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन्। यसअघि यहाँ कार्यरत डीआईजी सिद्धिविक्रम शाह एआईजीमा बढुवा भएपछि कोइरालालाई जिम्मेवारी दिइएको हो।
विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको छ। दिपेन्द्र घर्ती क्षेत्री राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र दिपक रेग्मी अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन भएका छन्।
माधव प्रसाद श्रेष्ठले कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन्। तीन महिनादेखि कर्णाली प्रदेश डीआईजीबिहिन भएको थियो।
दिलिप सिंह देउवा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा र दिपककुमार बस्नेत प्रदेश समन्वय विभागमा पदस्थापन भएका छन्।
ओमबहादुर रानालाई अख्तियार, जयराज सापकोटा कार्य निर्देशनालय, संजिव शर्मा दास अपराध अनुसन्धान निर्देशनालय र सुरेन्द्रबहादुर गुरुङ कार्य विभागमा पदस्थापन भएका छन्। उनको दरबन्दी साइबर ब्युरोमा भएपनि काजमा त्यहाँ खटाउने निर्णय भएको हो।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend