काठमाडौं । अमेरिकाले अहिलेसम्म एक हजार भारतीय नागरिकलाई फिर्ता गरिएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार सन् २०२५ को जनवरीदेखि हालसम्म करिब एक हजार भारतीय नागरिकलाई फिर्ता पठाएको हो ।
प्रवक्ता रणधीर जयसवालका अनुसार यीमध्ये लगभग ६२ प्रतिशत व्यक्ति व्यावसायिक उडानमार्फत फर्किएका छन्, यद्यपि उनले विस्तृत विवरण भने दिएनन् ।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा अमेरिकामा बसोबास गर्ने व्यक्तिहरूलाई देश निकाला गर्ने नीति ल्याएका थिए । गत फेब्रुअरीमा अमेरिकाले सैन्य विमानमार्फत सयभन्दा बढी भारतीय नागरिकलाई देश निकाला गरेको थियो । यस क्रममा निर्वासित व्यक्तिहरूलाई हतकडी लगाइएको भन्ने चर्चा चलेको थियो ।
विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता जयसवालले भारत र अमेरिका आप्रवासन मुद्दामा नजिकबाट सहकार्य गरिरहेको बताए ।
अमेरिकाले करिब १८ हजार भारतीय नागरिकलाई अवैध रूपमा बसोबास गरेको पहिचान गरेको छ । भारतस्थित अमेरिकी दूतावासले लामो समयसम्म गैरकानुनी बसोबास गरेमा देश निकाला र स्थायी प्रतिबन्धको जोखिम हुने चेतावनी दिएको छ। यो नियम कानुनी रूपमा अमेरिका प्रवेश गरेका व्यक्तिहरूलाई पनि लागू हुने दूतावासले जनाएको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend